ज्योतिष जानकारी

मानसिक तनाब तथा Depression

ज्योतिषशास्त्र अनुसार कुण्डलीको घर वा राशीमा ग्रहहरुको स्थानको आधारमा फलादेश गरिन्छ ।पारिवारिक समस्या, आर्थिक समस्या, कार्य क्षेत्रमा समस्या,बैबाहिक जीवन आदिको कारणले गर्दा हामी मानसिक तनाबको सिकार हुने छौ ।

ज्योतिषशास्त्र अनुसार मानसिक तनाबको अवस्था सिर्जना हुनको लागि ३,६,८,१२ घरमा बसेको ग्रह लग्न र लग्न स्वामीको अवस्था, ग्रहण दोष, राहु केतु, दशा समय, आदिको मुख भूमिका हुन्छ ।

लग्न र लग्न-स्वामी शनि, मंगल, राहु वा केतु जस्ता अशुभ ग्रहहरूको प्रभावमा पर्नु,

लग्नेश, चौथो र पाँचौं घरको मालिक छैठौं, आठौं र बाह्रौं घरमा बसेर कम्तीमा दुईवटा अशुभ ग्रहहरू (शनि, मंगल वा राहु केतु) संग युक्ति सम्बन्ध बनाउनु,

छैठौं, आठौं र १२औँ भावको मालिक, लग्न, चौथो वा पाँचौं घरमा बसेर अशुभ ग्रहको प्रभावमा पर्नु,

चन्द्रमा र बुध अशुभ ग्रह शनि वा राह-केतुले प्रभावमा पर्नु,

यदि चन्द्रमा जन्म कुण्डलीमा ६, ८ वा १२ औं घरमा बसेकोछ भने,

चन्द्रमा र राहु वा चन्द्रमा र केतु संगै बसेर ग्रहण दोष बनेको छ भने,

यदि ८ घरमा राहु बसेर काल सर्प दोष बनेको छ भने,

साथै अन्य विभन्न कारण ले गर्दा मानसिक तनाब तथा Depression को अवस्था सिर्जना हुन्छ।

कालसर्प योग

वैदिक ज्योतीषशास्त्र अनुसार कालसर्प योग बन्नमा राहु केतुको मुख्य भूमिका हुन्छ, राहुलाई सर्पको मुख तथा केतुलाई सर्पको पुच्छरको रुपमा मानिन्छl राहुबाट केतुको बिचमा सबै ग्रह बसेमा कालसर्प योग हुन्छl

कालसर्प दोषको मुख्य असर: कुण्डलीमा भएको शुभ ग्रहले शुभ फल दिन नसक्नु, मानसिक तनाबहरु हुन्, कार्य क्षेत्रमा आगाडी बढ्नमा बाधा हुने, मेहनत अनुसार सफलता प्राप्त नगर्ने, बिरोधि र प्रतिस्पर्धी बढ्ने, स्वास्थ्यमा बाधा हुने, आर्थिक बाधा हुने व्यापारमा नोक्सान हुनु,विवाहमा बिलम्भ, सन्तान प्राप्तिमा बाधा, हुने हो l

राहु र केतु ग्रहको स्थान अनुसार कालसर्प योग १२ प्रकारको हुन्छन र भाव अनुसार फरक फरक असर हुन्छ l

अनंत, कुलिक, वासुकि, शंखपाल, पद्म, महापद्म, तक्षक, कर्कोटक, शंखनाद, घातक, विषाक्त र शेषनाग आदि हो।

राशीबाट जीवन साथी

ज्योतिषविद् अनुसार भिन्न-भिन्न राशीको प्रेमजीवन र उनीहरु को शारीरिक आबस्यकता पनि फरक-फरक हुन्छ।

यदि जीवनमा प्रतिकुल सोभाब भएको जीवनसाथी छभने उसको पारीवारिक जीवन दुखमय हुन्छ किन भने दाम्पत्य जीवन मा उचित तालमेलको आबस्यकता पर्दछ यदि भएन भने पति/पत्नी दुवै तनाब ग्रस्त रहन्छन।

स-सानो कुरा मा झगडा पररिरहन्छ पारस्परिक सम्बन्ध मा असन्तुष्ट हुन्छ जसको कारण जीवनमा धरै दुख पाउछ्न ।

जोतिष शास्त्रानुसार सुखमय जीवनको लागी तपाईको राशी अनुसार कुनराशी भएको जीवनसाथी तपाईहरुको लागि सहि हुन्छन यसको बर्णन यसप्रकार छ।

१. मेष राशी :- मेष राशिको व्यक्तिको लागि मेष, कर्कट, मिथुन, तुला, मकर र कुम्भ राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

२. वृष राशी :- वृष राशिको व्यक्तिको लागि वृष, कर्कट, सिंह, वृश्चिक, कुम्भ र मीन राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

३. मिथुन राशी :- मिथुन राशिको व्यक्तिको लागि मेष, मिथुन, सिंह, कन्या, धनु र मीन राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

४. कर्कट राशी :- कर्कट राशिको व्यक्तिको लागि मेष, मिथुन, सिंह, कन्या, धनु र मीन राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

५. सिंह राशी :- सिंह राशिको व्यक्तिको लागि मिथुन, सिंह, तुला, वृश्चिक र कुम्भ राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

६. कन्या राशी :- कन्या राशिको व्यक्तिको लागि मिथुन, कर्कट, कन्या, वृश्चिक र धनु राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

७. तुला राशी :- तुला राशिको व्यक्तिको लागि मेष, कर्कट, सिंह, तुला, धनु र मकर राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

८. वृश्चिक राशी :- वृश्चिक राशिको व्यक्तिको लागि वृष, सिंह, कन्या, वृश्चिक, मकर र कुम्भ राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

९. धनु राशी :- धनु राशिको व्यक्तिको लागि मिथुन, कन्या, तुला, धनु, कुम्भ र मीन राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

१०. मकर राशी :- मकर राशिको व्यक्तिको लागि मेष, कर्कट, तुला, वृश्चिक, मकर र मीन राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

११. कुम्भ राशी :- कुम्भ राशिको व्यक्तिको लागि मेष, वृष, सिंह, वृश्चिक, धनु, कुम्भ राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

१२. मीन राशी :- मीन राशिको व्यक्तिको लागि वृष, मिथुन, कन्या, धन, मकर राशि भएको जीवन साथी उपयुक्त हुन्छ।

कुण्डली मिलनगर्दा वर-बधुको ग्रहको मिलन गर्नुको अर्थ उनीहरु को स्वभाव, विचार, भाग्य, संतान, आयु, स्वास्थ्य आदिको मिलन हुन्छ र दुवै जनाको तालमेल र जीवनसैली पुर्वनुमान लगाइन्छ जसका कारण राशीनुसार भन्दा कुण्डली मिलन गरेर विबाह गर्दा उत्तम र सुखमाय जीवन हुन्छ ।

मांगलिक योग

 

जोतिष शास्त्रानुसार जन्म लग्नकुण्डलीमा मंगल १ ४ ७ ८ १२ भाब मा बसेको छ भने मांगलिक दोष हुन्छ मांगलिक दोष दाम्पत्य जीवनको लागि राम्रो मानिदैन ।

जोतिष शास्त्रानुसार २ बिबाह को योग पनि मानिन्छ र सम्बन्ध बिछेद हुन्छ पनि भन्ने चलन छ ।।

वास्तव मा मांगलिक दोष हुने व्यक्ति को वैबाहिक जीवन कष्टकर नै हुन्छ पति/पत्नी बिचमा सानो सानो कुरामा झगडा हुने एकार्का बिचमा बिश्वासको कमि हुने

र मांगलिक हुने व्यक्तिमा चाडै रिसाउने गुण हुदा पनि सम्बन्धमा झगडाको अवस्था सिर्जना हुन्छ ।।

कुण्डलीमा मांगलिक योग हुन्छ र भंग भएको अवस्थामा दाम्पत्य जीवन सुखद र सफल पनि हुन्छ ।।

दोष भंग हुने अवस्था :-

*मंगल १ ४ ७ ८ १२ भाबमा बसेर बक्री नीच आस्त छ भने

*लग्न वा सप्तम भावमा गुरु वा शुक्र स्वराशी उच्च राशिमा छ भने

*मंगल र गुरुको युक्ति वा दृस्टी भएमा

*राहु र मंगलको युक्ति भएमा

शनि केन्द मा भएमा वा मंगल र शनिको युक्ति भएमा मांगलिक दोष भंग हुन्छ ।

र मांगलिक योग हुने व्यक्ति ले कुण्डली मिलाएर मांगलिक दोष भएको व्यक्ति संग विबाह गर्दा मांगलिक दोष लाग्दैन र वबाहिक जीवन सफल हुन्छ ।

जीवन साथी को कुण्डली मा ३ ६ ११ भाव मा पाप गह्र (राहु मंगल वा शनि) छ भने पनि विबाह गर्दा राम्रै हुन्छ ।

मंगलको कारक वर्ष २८ हुदा २८ वर्ष पछि मांगलिक दोष लाग्दैन ।

धन योग

कुण्डली मा धन योग छ भने जातक गरिब परिवार मा जन्मे को छ भने पनि धनि हुनेछ छ र गरिब परिवार मा जन्मे को हुदा पनि उसले जीवन मा राम्रो सफलता पुउने छ राम्रो जीवन बताउ न सक्ने छ

१. पंचमहापुरूष योग (Panch Purush Yoga):-

कुण्डलीमा पंचमहापुरूष योग छ भने यस्तो जातक वैभव र ऐश्वर्य प्राप्त गर्दछन् धनकि देवी लक्ष्मी आफ्नो कृपा यिनीहरु माथि सधै राख्दछिन

 पंचमहापुरुष योग :- कुण्डलीमा पाँच गह्र (शुक्र, बुध, मंगल, वृहस्पति र शनि)को समूहलाई जनाउछ र यी गह्रहरु मध्ये कुनै एक आफ्नो उच्च राशी वा स्वराशी भएर केन्द्र(१, ४, ७, १०स्थान) मा स्थित छ भने पंचमहापुरुष

२. गजकेसरी योग Gajkesari Yoga :-

कुण्डली मा गजकेसरी योग छ भने गजकेसरी योग हुने जातक अत्यन्त भाग्यशाली हुन्छ यस्ता जातक धनवान मानसम्मान वा उच्च पद पाउने हुन्छ यिनीहरु को जीवन सफल हुन्छ

 जातकको जन्म कुण्डलीमा गुरु बाट चन्द्र मा केन्द्र(१, ४, ७, १०स्थान)मा छ भने गजकेसरी योग बन्छ

३. लक्ष्मी योग (Lakshmi yoga):-

कुण्डली मा लक्ष्मी योग छ भने यस्ता जातक माथि धनकि देवी लक्ष्मी आफ्नो कृपा यिनीहरु माथि सधै हुन्छ र जीवन काल मा धन को अभाव हुदैन

 जातकको जन्म कुण्डली मा लग्नेश नवमेश व पंचमेश को युती छ भने लक्ष्मी योग बन्छ

४. अखण्ड सम्राज्य योग (Akhand Samrajya yoga) :-

कुण्डली मा अखण्ड सम्राज्य योग छ भने यो योग अत्यन्त शुभ फल दयाक हुन्छ अखण्ड सम्राज्य योग भएका जातक ले आफ्नो जीवन काल मा धन वैभव र यश प्राप्त गर्दछन

जातकको जन्म कुण्डलीमा द्वितीयेश एवं नवमेश चन्द्रमा बाट केन्द्र मा छ भने अखण्ड सम्राज्य योग योग बन्छ

५. अमला योग (Amla Yoga) :-

कुण्डलीमा अमला योग छ भने यस्ता जातक गरिब जन्मे पनि भाग्य ले गर्दा आफ्नै बलमा आफ्नो जीवन काल मा यश कीर्ति र धन प्राप्त गर्दछन

 जातकको जन्म कुण्डलीमा लग्न कुण्डली बाट र चन्द्रमा बाट दशम भाव मा शुभ गह्र छ भने अमला योग बन्छ

६. भेरी योग (Bheri Yoga) :-

कुण्डलीमा भेरी योग छ भने भेरी योग हुने व्यक्ति प्रभाशाली उच्च विचार भएको ज्ञानवान उत्तम गुण भएको र धनि हुन्छ ऊ माथि माता लक्ष्मी को सदैब साथ हुन्छ