GEMSTONES

मानव जगतमा आकाशीय पिण्डहरुको विकिरणबाट प्रत्यक्ष प्रभाव पर्दछ भन्ने कुरा सर्वविदितै छ। आकाशीय पिण्डहरुमा कुनैको खराब विष्मय(खराब) विकिरण आउदैछ भने कुनैको अमृतमय (शुभ फलदायक) विकिरणहरु हुन्छन। यिनै विकिरणबाट मानव जातिमा शुभाशुभ फल पारित हुन्छ । यसै अबस्थामा ग्रहहरुको विकिरण कम हुदा वा शरीरमा ग्रहको शुभ विकिरण प्राप्त गर्नको लागिको लागि रत्न धारण गर्न सकिन्छ। रत्नहरुले ग्रहको विकिरण तानेर शरीरमा प्रबाह गर्ने गर्दछ। यसले गर्दा ग्रहको असर कम गर्न वा ग्रहको राम्रो प्रभाव लाई वृद्धि गर्न रत्न धरण गर्न सकिन्छ ।